LDC Graduation नजिकिँदै गर्दा सोमबार २०८३ बैशाख ७ मा परराष्ट्र मन्त्रालय र निर्यात व्यवसायी महासंघ नेपाल (फिन) बीच निर्यात क्षेत्रमा पर्ने प्रभावबारे छलफल भएको छ । सो अवसरमा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले सम्भावित प्रभाव र नीतिगत समाधानका सुझावपत्र पेश गर्नुभयो । मन्त्रालयका सहसचिव विष्णु प्रसाद गौतमले निजी क्षेत्रका समस्या समाधानका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उपाध्यक्ष देवानन्द सरावगीले शुल्क वृद्धि, व्यापारिक अवरोध र बजार पहुँचमा आउन सक्ने चुनौतीबारे ध्यानाकर्षण गराउँदै सरकारलाई समयमै तयारी गर्न आग्रह गर्नुभयो । छलफलमा महासंघका संस्थापक अध्यक्ष रामबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शंकर प्रसाद पाण्डे, उपाध्यक्ष किरणकुमार डंगोल र महासचिव शिवप्रसाद भट्टले समेत निर्यात क्षेत्रको वर्तमान अवस्था र ग्याजुएसनअघि सरकारले गर्नुपर्ने तयारीबारे आ–आफ्ना सुझाव राख्नुभएको थियो । महासंघले २८ वस्तुगत संघमा पर्ने प्रभावबारे जानकारी दिँदै दीर्घकालीन रणनीति र नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरेको छ ।