निर्यात व्यवसायी महासंघ नेपालको छैठौं वार्षिक साधारण सभा मिति २०८२ साल चैत्र २० गते काठमाडौँ स्थित होटल दूषित प्रिन्सेस लाजिम्पाटमा सुसम्पन्न भएको छ।
महासचिव श्री शिव प्रसाद भट्टज्यूद्वारा कार्यक्रम सञ्चालन गरिएको उक्त सभामा अध्यक्ष श्री गोविन्द प्रसाद घिमिरेज्यू , संस्थापक अध्यक्ष श्री रामबहादुर गुरुङज्यू, निवर्तमान अध्यक्ष श्री शंकर प्रसाद पाण्डेज्यू एवं सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू लगायत विभिन्न वस्तुगत महासङ्घ/ संघका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू एवं एसोसिएट सदस्यज्यूहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा स्वागत मन्तव्य, वार्षिक प्रतिवेदन, २०२५–२०२७ को रणनीतिक योजना तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै खुल्ला छलफलमार्फत महत्वपूर्ण सुझावहरू आदानप्रदान गरियो।
#feen
#AGM
#exportforprosperity