निर्यात व्यवसायी महासङ्घ नेपालले स्थापना भएदेखि नै निर्यात व्यवसायको प्रवर्द्धन, उद्यमशीलताको विकास तथा राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन निरन्तर काम गर्दै आएको छ। यही प्रयासलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको महासङ्घको छैठौँ वार्षिक उत्सव कार्यक्रम विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको छ।
यस अवसरमा कार्यक्रमको अध्यक्षता गरिदिनु हुने महासङ्घका आदरणीय अध्यक्षज्यू, महासङ्घका निवर्तमान अध्यक्षज्यू, पदाधिकारीज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, विभिन्न महासङ्घ तथा संघ–संस्थाबाट पाल्नु भएका अध्यक्षज्यूहरू, साथै निर्यात व्यवसायी महासङ्घ नेपालका सम्पूर्ण सदस्यज्यूहरूप्रति महासङ्घ परिवार हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्दछ।
महासङ्घको विकास, नीतिगत सुधार तथा निर्यात व्यवसायीहरूको हक–हितका लागि विगतदेखि आजसम्म योगदान पुर्याउनु भएका अग्रज नेतृत्व, संस्थापक सदस्य, पूर्व पदाधिकारी तथा सक्रिय सदस्यहरूको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ। उहाँहरूको मार्गदर्शन र सहयोगकै कारण महासङ्घ आज एक सशक्त, संगठित र भरोसायोग्य संस्थाका रूपमा अघि बढिरहेको छ।
अन्त्यमा, महासङ्घको छैठौँ वार्षिक उत्सवलाई सफल, भव्य र स्मरणीय बनाउन समय, सुझाव र सक्रिय सहभागिता प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई महासङ्घ परिवारको तर्फबाट पुनः एकपटक हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौँ।