निर्यातमा नगद अनुदान कटौती : लगानी, रोजगारी र निर्यात प्रभावित हुने व्यवसायीको चेतावनी
नेपालमा निर्यात व्यवसाय प्रर्वद्धनमा क्रियाशील संस्था निर्यात व्यवसायी महासंघ नेपालले मूल्य वृद्धिका आधारमा निर्यातमा प्रोत्साहन र विदेशस्थित प्रर्वद्धन गर्न दिइराखेको सुविधाबाट वञ्चित गर्नु नेपाली अर्थतन्त्रको मेरुदण्डमाथिको प्रहार भएको जनाएको छ । वैदेशिक व्यापारमा निर्यातको स्थिति अति कमजोर भई हरेक वर्ष घाटा चुलिँदै गएको अवस्था र राजनीतिक तरलताको विषम परिस्थितिमा नेपाली मौलिक वस्तुको विदेशी क्रेताहरूमा विश्वसनीयता बिग्रिएको, स्वदेशी स्वरोजगार गुम्ने अवस्थामा सरोकारवालासँग कुनै छलफल नगरी सरकारले यस्तो कदम चाल्नु गलत भएको महासंघका अध्यक्ष गोविन्द घिमिरेले बताए ।
Souryaonline