पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेश सभा सदस्य एवम् महासंघका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा आयोजित साधारण सभामा सरकारका सचिवहरू र उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो । साधारण सभामा शुभकामना मन्तव्यका क्रममा उहाँह रूले निर्यात प्रवर्द्धनमा जोड दिएका छन् । वस्तु उत्पादन र निर्यातमा सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्ने उनीहरूले बताएका छन् । साधारण सभाको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कर्केन गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट हरिप्रसाद भट्ट र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट निर्मल भट्टराई, त्यसैगरी नेपालह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, होप्टा नेपालबाट अशोक मुरारका, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट भरतकुमार बस्ने र नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट तेन्जिङ शेर्पालाई महासंघले सम्मान गरेको हो ।
महासंघले साधारणसभामा उपस्थित प्रमुख अतिथि तथा सबै अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएकाे थियो । मायाको चिनोमा नेपालमै उत्पादित सजावटका सामग्रीहरू रहेको थियो ।